×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मधेश प्रदेशलाई एभरेष्ट बैंकको सौतेनी व्यवहार, सीएसआरमा जनतामाथि घात, प्रमोसनमा हदैसम्मको विभेद !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मधेश प्रदेशलाई एभरेष्ट बैंकको सौतेनी व्यवहार, सीएसआरमा जनतामाथि घात, प्रमोसनमा हदैसम्मको विभेद !

Artha Sarokar

३० जेष्ठ २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एभरेष्ट बैंकले मधेश प्रदेशलाई सौतेनी व्यवहार गरेको पाइएको छ । चालु आर्थिक वर्षमा मधेश प्रदेशमा सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत साह्रै कम खर्च गरेर र कर्मचारी सरुवा/बढुवामा विभेद गरेर बैंकले मधेश प्रदेशलाई सौतेनी व्यवहार गरेको पाइएको हो ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत कुल १ करोड ६५ लाख १६ हजार ८ सय ५१ रुपैयाँ खर्च गरेको छ । जसमध्ये बैंकले बागमती प्रदेशमा मात्र १ करोड ३१ लाख ७४ हजार ८ सय ५० रुपैयाँ खर्च गरेको छ । तर, मधेश प्रदेशमा गरिएको खर्च ४५ हजार ६ सय १० रुपैयाँ मात्र छ । जुन कुल खर्चको ०.२७ प्रतिशत हो । बैंकले सीएसआर अन्तर्गत मधेश प्रदेशमा गरेको खर्च अन्य प्रदेशहरुको तुलनामा सबैभन्दा कम हो । 

अर्कोतर्फ बैंकले सीएसआर अन्तर्गत नै वित्तीय साक्षरतामा २३ लाख ९१ हजार ९ सय ७९ रुपैयाँ खर्च गर्दा मधेश प्रदेशमा भने वित्तीय साक्षरताका कुनै पनि कार्यक्रम नपरेको पाइएको छ । बरु बैंकले बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर १ मा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । तुलनात्मक रुपमा वित्तीय पहुँच कमजोर रहेको मधेश प्रदेशलाई वित्तीय साक्षरता कार्यक्रमबाट टाढा राख्नुले बैंकले मधेश प्रदेशलाई नै उपेक्षा गरिरहेको आरोप बैंकलाई लागेको छ । 

यतिसम्म कि बैंकले मधेश प्रदेशलाई यो हदसम्मको बेवास्ता गर्नू र सीएसआर तथा वित्तीय साक्षरताका कार्यक्रममा कटौती गर्नूमा बैंक व्यवस्थापनकै नियत र मोनोपोली भएको स्वयम् बैंकका कर्मचारीहरुले आरोप लगाएका छन् । अर्कोतर्फ मधेश प्रदेशमा कर्मचारी सरुवा/बढुवामा पनि बैंकले विभेद गर्ने गरेको कर्मचारीको आरोप छ । 

हालै सम्पन्न अधिकृत तहसम्मको पदोन्नति परीक्षामा पनि मधेश प्रदेशका कर्मचारीहरूलाई बैंकले उपेक्षा गरेको कर्मचारीहरुले नै आरोप लगाएका छन् । ‘हामीले समयमै तयारी गरेर परीक्षा दिएका थियौँ, तर केन्द्रमै प्रश्नपत्र लिक भयो भन्ने सुनियो ।’, बैंकका एक कर्मचारीले भने, ‘रिजल्ट सार्वजनिक हुँदा पनि उही पुराना मान्छेहरुकै नाम अगाडि छ ।’ त्यस्तै, ती कर्मचारीले बैंकभित्र मधेश प्रदेशमा सरुवा भए सो सरुवालाई सजायका रुपमा लिइने बताएका छन् । 

यता हामीले उक्त विषयमा बुझ्न एभरेष्ट बैंकको मधेश प्रदेश प्रमुख पुष्प उप्रेतीलाई सम्पर्क गर्ने प्रयास गर्यौँ तर उनको फोन उठेन ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी