Skip to content
LAXMI SUNRISE BANK

संसद् चलाउन माओवादी मान्यो रास्वपा मानेन, बैठक सुरु हुनेबित्तिकै नाराबाजी, गृहमन्त्रीको राजिनामा माग

अर्थ सरोकार

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद्हरुले चर्को नाराबाजी गरेका छन् ।

संसद्को गतिरोध हटाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षि दल माओवादी केन्द्रबीच सहमति भएपछि शुक्रबार ढिलो गरी संसद् बैठक सुरु भएको थियो । तर, बैठक सुरु हुनेबित्तिकै रास्वपासहित विपक्षी दलका सांसद्हरुले उठेर संसद्मा अवरोध गरेका छन् ।

सांसद्हरुको अवरोधकैबीच सभामुख देवराज घिमिरेले विपक्षी दलको नाराबाजीलाई पेलेरै बैठक अघि बढाएका छन् । उनले बैठकमा गहृमन्त्री रमेश लेखकलाई आफ्नो धारणा राख्न समय दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK