Skip to content
LAXMI SUNRISE BANK

असार १४ गते आचार्यहरुको दही चिउरा कार्यक्रम, सम्पूर्णलाई उपस्थितिका लागि आह्वान

अर्थ सरोकार

काठमाडौँ । आचार्य बन्धु समाज नेपाल केन्द्रीय कार्यसमितिको बैठकले आउँदो असार १४ गते शनिवार दही चिउरा कार्यक्रम गर्ने भएको छ । दही चिउरा कार्यक्रम कृष्णभोग पार्टीप्यालेश बानेश्वरमा हुने समाजका महासचिव एवम् वरिष्ठ अधिवक्ता शुभनराज आचार्यले बताएका छन् ।

समाजका सचिव इन्द्र प्रसाद आचार्यले दही चिउरा कार्यक्रममा काठमाडौँमा रहेका समग्र कौण्डिन्य गोत्रीय आचार्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको जनाएका छन् ।

समाजले नयाँ वर्षको उपलक्ष्यमा केही अगाडी मात्र प्रकाशित क्यालेन्डर विमोचन गरेको अवस्थामा पुनः भव्य रूपमा दही चिउरा कार्यक्रम गर्न लागेको हो । समाजले नयाँ वर्ष, दही चिउरा, दशैंतिहार, तीज, टङ्क प्रसाद आचार्यको जन्म जयन्ती मनाउने, इतिहाशशिरोमणि बाबुराम आचार्यको जन्म जयन्ती मनाउने कार्यक्रम, आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती मनाउने कार्य, स्वर सम्राट भक्तराज आचार्यको जन्म जयन्ती मनाउने कार्य तथा सहभागिता जनाउने कार्य, वार्षिक क्यालेन्डर प्रकाशन गर्ने कार्य लगायतका महत्त्वपूर्ण वार्षिक कार्यक्रमहरू गर्दै आएको छ ।

यस पटक भने समाजले आफ्नो केन्द्रीय कार्यालय निर्माणका लागि केही दिनमै नतिजा आउने गरी कार्य भइरहेको समाजका केन्द्रीय अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक बाबुराम आचार्यले बताएका छन् ।

आचार्य बन्धु समाज(कौण्डिन्य)ले असार १४ गते देशव्यापी बन्धु मिलन कार्यक्रम एवं असार पन्ध्र (दही च्यूरा) उत्सव मनाउने निर्णय गरेको छ । स्वदेशभर तथा विदेशबाट समेत नेपाल आउन लागेका बन्धुहरूलाई असार १४ गते दिउँसो २ (दुई) बजेको समयमा काठमाडौँको नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा उपस्थितिका लागि केन्द्रीय समिति आह्वान गरेको छ ।

उक्त दिन देश र समाजलाई उच्चतम योगदान दिने बन्धुहरूलाई सम्मान र अध्ययनमा अत्यन्तै मेधावी भाइ-बहिनीहरूलाई पुरस्कृत गरिने कार्यक्रमसमेत राखिएको समाजले जनाएको छ ।

बैठकले आचार्य बन्धु समाज नेपालले आफ्नै भवन (आचार्य सदन) निर्माण गर्ने, बृहत कुल थान बनाउने, नाग-सिकारी थान लगायतका हाम्रो पुर्खाले स्वीकारेका सकारात्मक रीतिरिवाजसँग मिल्ने सबै स्थान बनाउने, आचार्यहरूको पौराणिक कला-संस्कृति, रीतिरिवाज र जीवनशैली झल्किने खालको आचार्य गाउँ निर्माण गर्ने गरी जग्गा खरिद गर्न बृहत् खोजी गर्ने निर्णय भएको भन्दै बैठकले जग्गा खरिदका लागि अकल्पनीय सहयोग प्राप्त हुन थालिसकेकाले दाताहरूलाई हृदयदेखि धन्यवाद दिएको अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK