×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकका ग्राहकलाई होटल हिमालय सेरेन भ्युमा १५ प्रतिशतसम्म छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंकका ग्राहकलाई होटल हिमालय सेरेन भ्युमा १५ प्रतिशतसम्म छुट

Artha Sarokar

१ असार २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रभु बैंक लिमिटेड र होटल हिमालय सेरेन भ्युबीच छुट सम्झौता भएको छ । पोखरा महानगरपालिका वडा नं ३१, बेगनासतालस्थित उक्त होटलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा होटल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंक लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउनेछन् ।

बैंकले नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी