Skip to content
LAXMI SUNRISE BANK

सहकारी ठगी प्रकरण: रविविरुद्ध दर्ता भयो पर्सामा पनि मुद्दा

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा सरकारी वकिलको कार्यालयले लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

सहकारीको रकम अपचलनको अनुसन्धान सकेर करिब एक महिनाअघि पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो ।

सोहि प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK