Skip to content
LAXMI SUNRISE BANK

सोमबार २.८० अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१८ कम्पनीको ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १३ अर्ब १८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सानिमा माई हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको ९५ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा पियोर इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK