×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीले भने- ‘प्रतिफल आउने र खर्च हुनेगरि ऋण लिने हो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अर्थमन्त्रीले भने- ‘प्रतिफल आउने र खर्च हुनेगरि ऋण लिने हो’

Artha Sarokar

२ असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयन योग्य र विश्वसनीय रहेको दाबी गरेका छन् । सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।

उनले बजेट निर्माण सार्वभौम मान्यताका आधारमा गरिएको उल्लेख गर्दै चालु आर्थिक वर्षको तुलनामा बजेट आकार केवल ५.५६ प्रतिशतले मात्र वृद्धि गरिएको जानकारी दिएका छन् ।

बजेटको आकार, बजेटको स्रोत, राजश्व परिचालन र अन्तर्राष्ट्रिय सहयोग परिचालन सबै यथार्थपरक रहेको अर्थमन्त्रीको भनाई छ । उनले पछिल्लो दिनहरूमा ऋणको पासो, ऋणको आकार बढेको र ऋण लिने सम्बन्धमा होसियार हुनुपर्ने चर्चा र टिप्पणी हुने गरेको बताउँदै आफू त्यो विषयसँग जानकार रहेको जिकिर गरेका छन् ।

त्यस्तै, उनले ऋणको लागि ऋण लिने नभई प्रतिफल सुनिश्चित हुने र खर्च गर्ने गरी मात्रै ऋण लिनुपर्छ भन्नेमा सरकार सचेत रहेको पनि बताएका छन् । साथै उनले सरकार ऋणप्रति सजग रहेको समेत बताएका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी