×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एयरलाइन्सको सिस्टम ह्याक गरेर टिकट काटेको खुलासा, टिकट काट्ने व्यक्ति खोज्दै प्रहरी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल एयरलाइन्सको सिस्टम ह्याक गरेर टिकट काटेको खुलासा, टिकट काट्ने व्यक्ति खोज्दै प्रहरी !

Artha Sarokar

३ असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सिस्टम ह्याक गरेर टिकट काटिएको पाइएको छ । जुन १४ गते काठमाडौँ हुँदै बैंकक गएको नेपाल एयरलाइन्सको एउटा टिकट सिस्टम ह्याक गरेर काटेको पाइएको हो । 

सिस्टम ह्याक गरेर टिकट काटेको भेटिएपछि सो टिकट काट्ने व्यक्तिलाई पक्राउ गर्न नेपाल प्रहरीको टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेको थियो । 

तर, ती व्यक्ति नै विमानस्थलमा नआएपछि पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार नेपाल एयरलाइन्सको सिस्टम ह्याक गरेर टिकट काटेका व्यक्ति सो विमानमार्फत बैंकक पनि गएनन् । ती व्यक्ति नआएपछि विमान अरु यात्रु लिएर बैंकक उडेको थियो । 

हाल उक्त विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानबाट ती व्यक्तिले एयरलाइन्सको टर्कीमा रहेको सर्भरमा ह्याक गरेर टिकट काटेको भेटिएको छ । अझ सो टिकट काट्दा कम्पनीकै टिकट काट्ने एजेन्टको कोड प्रयोग भएको देखिएको छ । हाल प्रहरीले सिस्टम ह्याक गरेर टिकट काट्ने व्यक्तिको खोजी गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी