काठमाडौँ । गुल्मीको छत्रकोट गाउँपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार दिने भएको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८१ को एसइई परीक्षामा विद्यार्थीले प्राप्त गरेको जिपिए अनुसार नगद पुरस्कार दिने भएको हो ।
गाउँपालिकाका अनुसार एसइईमा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई १ लाख ५१ हजार प्रदान गर्नेछ भने ३.९९ देखि ३.९० जिपिए ल्याउने विद्यार्थीले ५१ हजार, ३.८९ देखि ३.८० जीपीए प्राप्त गर्ने विद्यार्थीले २५ हजार पुरस्कार पाउनेछन् ।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताएका छन् ।
त्यस्तै, गाउँपालिकाले एसइई परीक्षामा ३.२ जिपिए भन्दा माथि नतिजा ल्याउने विद्यार्थीलाई कक्षा ११ र १२ का लागि पूर्ण छात्रवृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यो योजनाले विद्यार्थीलाई थप प्रोत्साहित गर्नुका साथै भविष्यमा थप सहज हुने गाउँपालिका विश्वास व्यक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्