×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिविको १० वटा सेवा अनलाइनबाटै हुने, घण्टौसम्म लाइन बस्नु पर्ने बाध्यता हट्दै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

त्रिविको १० वटा सेवा अनलाइनबाटै हुने, घण्टौसम्म लाइन बस्नु पर्ने बाध्यता हट्दै !

Artha Sarokar

६ असार २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुको १० वटा सेवा अब अनलाइनबाट हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयको १० वटा सेवा असार १५ गतेदेखि अनलाइनबाटै सुरु हुने भएको हो।

त्रिवि रजिष्ट्रेशन आवेदन फर्म , परीक्षा आवेदन फर्म, ट्रान्सक्रिप्ट आवेदन फर्म, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पूर्नयोगका लागी आवेदन फर्म, शैक्षिक कागजात सच्चाउने फर्म, विभिन्न सिफारीस पत्रहरु, प्रमाणपत्रहरुको प्रमाणिकरण, प्रतिलिपी ट्रान्सक्रिप्ट र मार्कसिट जस्ता सेवाहरू अब अनलाइनबाटै सुरु हुने भएका छन्।

पछिल्लो समय परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रभावकारी नभएको र घण्टौसम्म लाइन बस्नु पर्ने भन्दै आलोचना हुने गरेको थियो । यो सेवा  सुरूभएसँगै विध्यार्थीहरू घण्टौसम्म लाइन बस्नु पर्ने बाध्यता हट्ने भएको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी