काठमाडौँ । काठमाडौँको बानेश्वरस्थित जिम्बु थकालीविरुद्ध काठमाडौँ महानगरमा उजुरी परेको छ । भेज खानामा कुखुराको हड्डी दिएको भन्दै थकालीविरुद्ध महानगरमा उजुरी परेको हो ।
ग्राहकले मगाएको भेज खानामा आएको दालमा हड्डी परेपछि ग्राहकले खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
सो भिडियोमा ग्राहकले जिम्बु थकालीका कर्मचारीलाई भेज खानामा हड्डी कसरी पर्यो भन्दै प्रश्न गरेका थिए । सो क्रममा दालमा झुक्किएर हड्डी परेको भन्दै कर्मचारीले माफी मागेको पनि प्रष्ट सुनिन्छ ।
खानाका लागि प्रसिद्ध जिम्बु थकालीमा भेज खानामै मासुको हड्डी भेटिएपछि थकालीविरुद्ध काठमाडौँविरुद्ध महानगरमा उजुरी परेको हो ।
जिम्बु थकालीविरुद्ध उजुरी परेको यो पहिलो पटक भने होइन । यसअघि पनि ३५ रुपैयाँ पर्ने पानीलाई १०० रुपैयाँ लिएपछि वाणिज्य विभागले सोही जिम्बु थकालीले ३ लाख जरिवाना तिराएको थियो । अहिले सोही थकालीमा कुखुराको मासुको हड्डी भेज खानामा परेको भेटिएपछि थकालीविरुद्ध महानगरमा उजुरी परेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्