×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ओभरलोड’ ट्रक नियन्त्रण गर्न गृहमन्त्री लेखकको ‘ठाडो’ निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘ओभरलोड’ ट्रक नियन्त्रण गर्न गृहमन्त्री लेखकको ‘ठाडो’ निर्देशन

Artha Sarokar

१२ असार २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले छिमेकी ‘ओभरलोड’ भएका मालवाहक सवारी सधान नियन्त्रणमा लिन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा सडक क्षेत्रमा हुन सक्ने विपद् पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् । 

उनले छिमेकी मुलुकबाट नेपाल भित्रिने र देशभित्रै चल्ने मालवाहक सवारी साधनमा ‘ओभरलोड’ गर्न नदिन र ‘ओभरलोड’ भएका ट्रकहरु पूर्ण रुपमा नियन्त्रणमा लिन निर्देशन दिएका छन् । 

देशका विभिन्न स्थानहरुमा रहेका तौलपुलहरुलाई दुरुस्त बनाउँदै भारबहन क्षमताका आधारमा सम्पूर्ण मालबाहक सवारीलाई नियमन गर्दै ओभरलोड सवारी साधनलाई सडकमा गुड्न नदिन पनि गृहमन्त्री लेखकले निर्देशन दिएका छन् ।

गृह सचिव गोकर्णमणी दुवाडी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत सरोकारवालाहरु सहितको बैठकमा गृहमन्त्रीले यस्तो निर्देशन दिएका छन् । 

त्यस्तै, वर्षायाम सुरु भएसँगै सडक तथा विभिन्न स्थानमा हुनसक्ने दुर्घटनाका विषयमा चनाखो रहन पनि गृहमन्त्रीले निर्देशन दिएका छन् । खासगरी वर्षायामको समयमा उद्दारकार्यका लागि अलर्ट रहन गृहमन्त्री सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी