×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असार १४ आचार्य समाजको ‘दही चिउरा’ कार्यक्रम, तयारी अन्तिम चरणमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

असार १४ आचार्य समाजको ‘दही चिउरा’ कार्यक्रम, तयारी अन्तिम चरणमा

Artha Sarokar

१३ असार २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आचार्य बन्धु समाजले असार १४ गते शनिबार दही चिउरा कार्यक्रम गर्ने भएको छ । दही चिउरा कार्यक्रम कृष्णभोग पार्टीप्यालेश बानेश्वरमा हुने भएको हो ।

उक्त ‘दही चिउरा’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समाजका महासचिव एवम् वरिष्ठ अधिवक्ता शुभनराज आचार्यले जानकारी दिएका छन् ।

त्यस्तै, समाजका सचिव इन्द्र प्रसाद आचार्यले दही चिउरा कार्यक्रममा काठमाडौँमा रहेका समग्र कौण्डिन्य गोत्रीय आचार्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको जनाएका छन् ।

समाजले नयाँ वर्षको उपलक्ष्यमा केही अगाडी मात्र प्रकाशित क्यालेन्डर विमोचन गरेको अवस्थामा पुनः भव्य रूपमा दही चिउरा कार्यक्रम गर्न लागेको हो । समाजले नयाँ वर्ष, दही चिउरा, दशैंतिहार, तीज, टङ्क प्रसाद आचार्यको जन्म जयन्ती मनाउने, इतिहाशशिरोमणि बाबुराम आचार्यको जन्म जयन्ती मनाउने कार्यक्रम, आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती मनाउने कार्य, स्वर सम्राट भक्तराज आचार्यको जन्म जयन्ती मनाउने कार्य तथा सहभागिता जनाउने कार्य, वार्षिक क्यालेन्डर प्रकाशन गर्ने कार्य लगायतका महत्त्वपूर्ण वार्षिक कार्यक्रमहरू गर्दै आएको छ ।

यस पटक भने समाजले आफ्नो केन्द्रीय कार्यालय निर्माणका लागि केही दिनमै नतिजा आउने गरी कार्य भइरहेको समाजका केन्द्रीय अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक बाबुराम आचार्यले बताएका छन् ।

आचार्य बन्धु समाज नेपालले असार १४ गते देशव्यापी बन्धु मिलन कार्यक्रम एवं असार पन्ध्र (दही च्यूरा) उत्सव मनाउने निर्णय गरेको थियो । स्वदेशभर तथा विदेशबाट समेत नेपाल आउनै लागेका बन्धुहरूलाई असार १४ गते दिउँसो २ बजेको समयमा भनिएपनि क्याट्रिगं खाली नभएका कारण बिहान ७ बजेदेखी १० बजेसम्म दही चिउरा कार्यक्रम  हुने भन्दै काठमाडौँको नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा उपस्थितिका लागि केन्द्रीय समितिले आह्वान गरेको छ ।

उक्त दिन देश र समाजलाई उच्चतम योगदान दिने बन्धुहरूलाई सम्मान र अध्ययनमा अत्यन्तै मेधावी भाइ-बहिनीहरूलाई पुरस्कृत गरिने कार्यक्रमसमेत राखिएको समाजले जनाएको छ ।

बैठकले आचार्य बन्धु समाज नेपालले आफ्नै भवन (आचार्य सदन) निर्माण गर्ने, बृहत् कुल थान बनाउने, नाग-सिकारी थान लगायतका हाम्रो पुर्खाले स्वीकारेका सकारात्मक रीतिरिवाजसँग मिल्ने सबै स्थान बनाउने, आचार्यहरूको पौराणिक कला-संस्कृति, रीतिरिवाज र जीवनशैली झल्किने खालको आचार्य गाउँ निर्माण गर्ने गरी जग्गा खरिद गर्न बृहत् खोजी गर्ने निर्णय भएको भन्दै बैठकले जग्गा खरिदका लागि अकल्पनीय सहयोग प्राप्त हुन थालिसकेकाले दाताहरूलाई हृदयदेखि धन्यवाद दिएको अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी