काठमाडौँ । जिल्ला अदालत काठमाडौँबाट चोरी आरोपमा पक्राउ परेका एक थुनुवा फरार भएका छन् । थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौँमा पुर्याइएका २१ वर्षीय निराजनजंग ठकुरी फरार भएका हुन् ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-१ घर भएर काठमाडौँको गोंगबु बस्ने ठकुरी अदालतबाट हतकडीसहित फरार भएका छन् ।
प्रहरीका अनुसार उनी चोरी आरोपमा पक्राउ परेका थिए । उनलाई पक्राउ गरेर प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको थियो । आइतबार भने उनलाई थुनछेक बहसका लागि अदालत लगिएको थियो । तर, सोही बेला पिसाब लाग्यो ट्वाइलेट जाने निहुँमा उनी फरार भएको प्रहरीले जनाएको छ ।
‘थुनछेक बहसका लागि अदालत लगेका थियौँ । एक्कासि पिसाब लाग्यो, ट्वाइलेट जान्छु भने । न जा भन्नु भएन ।’, एक प्रहरीले भने, ‘त्यही बेला ती व्यक्ति हतकडीसहित फरार भए । अहिले खोजिरहेका छौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्