काठमाडौँ । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरले ४० लाख कित्ता हकप्रद जारी गरेको हो ।
गत जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले असार १६ गतेदेखि आगामी साउन ४ गतेसम्म हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते हकप्रदका लागि अनुमती पाएको थियो । यस कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
हकप्रद बिक्रीबाट प्राप्त रकमलाई यसै कम्पनीले प्रबर्द्धन गरेको क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने र बाँकी रहेको रकम बैंकको कर्जा तिर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्