काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१.४८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर खरिद बिक्री हुँदा रू। ६ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार साहस उर्जा लिमिटेडको भएको छ । यस कम्पनीको ३६ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबारको बजारमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।