×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विकास हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विकास हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने 

Artha Sarokar

१८ असार २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विकास हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आज (असार १८ गते) देखि आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको थियो । सो आईपीओ बाँडफाँड भइसकेको छ । हाल भने कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७ सय ६० कित्ता सेयर निष्कासन गर्दैछ । कम्पनीले आफ्ना कर्मचारीका लागि ७० हजार ९ सय १० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ७७ हजार २ सय ७५ कित्ता सेयर सुरक्षित राखेको छ । कम्पनीले कुल ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा असार २२ र ढिलोमा असार ३२ गतेसम्म आवेदन दिन मिल्नेछ ।

आईपीओ निष्कासनका लागि कम्पनीले इक्रा नेपालबाट इक्रा एनपी इस्युअर रेटिङ्ग ट्रिपल बी माइनस पाएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी