काठमाडौँ । बुल्गेरिया पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । वैदेशिक रोजगारीका लागि आकर्षक तलबमा बुल्गेरिया पठाउने भन्दै ठगी गरेको आरोपमा ५१ वर्षीय कमला कुमारी के. सी पक्राउ परेकी हुन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले सुर्यविनायक नगरपालिका वडा नं. ०३ बालकोटबाट पक्राउ गरेको हो ।
उनले दुई जनालाई बुल्गेरिया पठाउने भन्दै ६ लाख ६५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिईन् । पीडितले दिएको उजुरीका आधारमा उनको खोजतलास गरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी केसीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगारी विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्