×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्पेनका व्यवसायीलाई चन्द्र ढकालले भने- ‘नेपालमा ढुक्क भएर लगानी गर्नुस्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्पेनका व्यवसायीलाई चन्द्र ढकालले भने- ‘नेपालमा ढुक्क भएर लगानी गर्नुस्’

Artha Sarokar

१९ असार २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका उद्यमी-व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा उनले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा स्पेनका व्यवसायीहरूलाई लगानीका लागि आग्रह गरेको महासङ्घले जनाएको छ ।

स्पेन वाणिज्य तथा उद्योग महाङ्घका सदस्य, व्यापारीक समुदायका अगुवा, नेपाली समुदायका प्रतिनिधि र कूटनीतिक व्यक्तित्व सहभागी कार्यक्रममा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन उद्योगमा लगानी गरेमा प्रतिफल पाउन सहज हुने बताएका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथादेखि लिएर भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्मका धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थलहरूप्रति धेरैको आकर्षण रहेको वास्तविकता सुनाउँदै अध्यक्ष ढकालले गुणस्तरीय सेवा र पूर्वाधारमा लगानी गर्न सके विश्वका धेरै मुलुकका पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी