काठमाडौँ । केटिएम हस्पिटालिटी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । केटिएम ग्रुप होल्डिङ्गस अन्तर्गत संचालित केटिएम हस्पिटालिटीले १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो ।
आईपीओ निष्काशन गर्नका लागि कम्पनीले असार १८ गते आरबिबि मर्चेन्ट बैंकिङलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नियुक्ति सम्बन्धि सम्झौतापत्रमा केटिएम हस्पिटालिटी लिमिटेडको तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारीरामेश्वर शाह र आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
केटिएम हस्पिटालिटीले फ्रान्सको प्रतिष्ठित अन्तर्राष्ट्रिय लुभ्र होटल्स समूह अन्तर्गतको एक लक्जरी पाँच तारे रिसोर्ट द रोयल ट्युलिप चितवनमा सुरुवात गर्ने तयारीमा रहेको छ । आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो । यसको ४५ करोड चुक्ता पुँजी छ ।