×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामान फिर्ता हुने 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामान फिर्ता हुने 

Artha Sarokar

२० असार २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राइड सेयरिङ र लजिस्टिक सेवा प्रदायक पठाओ नेपालले आफ्नो डेलिभरी सेवा ‘पठाओ पार्सल’अन्तर्गत नयाँ योजना सार्वजनिक गरेको छ । ‘डेलिभरीको ग्यारेन्टी’ शीर्षकमा ल्याइएको यो अभियान यही असार १९ देखि साउन १५ गतेसम्म सञ्चालन हुने जनाईएको छ ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत पठाइएका कुनै सामान पठाओ पार्सलले तोकिएको समयमा ग्राहकसम्म पुर्याउन नसकेर अर्डर रद्द भएमा, मर्चेन्टले सामानको मूल्य बराबरको पैसा र सामान दुवै फिर्ता पाउनेछन् । तर, पठाओले समयमै डेलिभरी गर्न खोज्दा ग्राहक सम्पर्कमा नआउने, फोन नउठाउने, वा अर्डर रिसिभ गर्न अस्वीकार गर्ने अवस्थामा यो सुविधा लागू नहुने कम्पनीले जनाएको छ ।

बाढी, पहिरो, यातायात अवरुद्ध, हड्तालजस्ता बाह्य कारणहरूका कारण ढुवानीमा ढिलाइ भएमा पनि यो ग्यारेन्टी लागू नहुने कम्पनीले स्पष्ट पारेको छ । यस अफरले केवल पठाओको गल्तीका कारण डेलिभरी समयमै हुन नसकेको खण्डमा मात्र मर्चेन्टलाई सुरक्षा प्रदान गर्ने जनाएको छ ।

पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले भनिन्, ‘हामी हाम्रो सेवालाई अझ जिम्मेवार र भरपर्दो बनाउन प्रतिबद्ध छौँ, ‘डेलिभरीको ग्यारेन्टी’ जस्ता पहलमार्फत हामी व्यवसायी र ग्राहक दुबैको कारोबारलाई सहज, सुरक्षित र भरोसायोग्य बनाउने छौँ ।’

यस योजनाले व्यवसायी र ग्राहकबीच डेलिभरीप्रतिको विश्वास बढाउने कम्पनीको विश्वास छ । यस सेवाले अब व्यवसायीहरूले आफ्नो सामान समयमा पुग्ला कि नपुग्ला भन्ने चिन्ताबाट मुक्त हुनेछन् । साथै, नयाँ मर्चेन्टहरूलाई लक्षित गर्दै कम्पनीले विशेष अफर ल्याएको छ । अभियान अवधिभर नयाँ दर्ता हुने मर्चेन्टहरूले पहिलो एक हप्ताभित्र पठाएका १०० अर्डरसम्म निःशुल्क डेलिभरीको सुविधा पाउनेछन् ।

पठाओ नेपालले हाल नेपालभर आधुनिक र भरोसायोग्य डेलिभरी सञ्जाल विस्तार गरिरहेको छ । यस अभियानले पठाओलाई अझ बढी ग्राहक केन्द्रित र व्यवसायमैत्री डेलिभरी प्लेटफर्मको रूपमा स्थापित गर्नेछ ।

व्यापारी र व्यवसायीहरूले www.parcel.pathao.com/register मा गई वा पठाओ मर्चेन्ट एप डाउनलोड गरी दर्ता गर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी