×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनै लोभ्याउने शैलुङ डाँडा (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मनै लोभ्याउने शैलुङ डाँडा (तस्विरहरू)

Artha Sarokar

२२ असार २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दोलखा र रामेछापको सिमानामा अवस्थित शैलुङ डाँडा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको सीमामा पर्ने यो डाँडमा  पछिल्लो समय पर्यटकको भीड बढ्न थालेको हो ।

समुद्र सतहदेखि ३३ सय मिटरको उचाइमा अवस्थित शैलुङ डाँडा आफ्नो अनुपम प्राकृतिक सौन्दर्यका कारण चर्चित बन्दै गएको छ । यहाँ रहेका १०० फरकफरक आकार र बनोट भएका थुम्काहरुले डाँडालाई अझै मनमोहक बनाएको छ । एकसाथ खुलेको हरियो मैदान र शान्त वातावरणले यहाँ पुग्ने पर्यटकलाई विशेष अनुभव दिन्छ ।

शैलुङ डाँडाबाट अन्नपूर्ण, मनास्लु, गणेश हिमाल, लाङटाङ, गौरीशंकर, सगरमाथासम्मका दर्जनौं हिमशृंखलाहरू अवलोकन गर्न सकिन्छ । विशेषगरी हिमाली दृश्य हेर्ने चाहना भएका पर्यटकका लागि शैलुङ एक आदर्श गन्तव्य बन्दै गएको छ । हिउँदको समयमा सेताम्मे हिउँले ढाकिएको डाँडाको दृश्य झनै मनमोहक हुन्छ भने वसन्त र ग्रीष्म ऋतुमा हरियाली थुम्काले रमणीयता थप्दछ । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी