काठमाडौँ । ‘ग्लोबल आइएमई समुन्नत योजना-२’ म्युचुअल फण्डको सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ । तर, उक्त म्युचुअल फण्डप्रति लगानीकर्ताको चासो खासै छैन ।
यस फण्डमा प्रति इकाईको अंकित मूल्य १० रुपैयाँ तोकिएको छ भने १० करोड २० लाख इकाईको लागि सार्वजनिक निष्कासन खुला भएको छ । तर, बजारमा यो भन्दा सस्तो मूल्यमा राम्रो म्युचुअल फण्ड पाइरहेको र यसमा कन्फर्म घाटा हुने देखेपछि लगानीकर्ताको चासो घटेको हो ।
यता म्युचुअल फण्डमा लगानीकर्ताको चासो काम भएपछि जबरजस्ती फण्ड भिडाउने काम भइरहेको पाइएको छ । कतिपय संस्थागत लगानीकर्तालाई ग्लोबल आइएमई नाममा जबरजस्ती म्युचुअल फण्ड बिक्री गर्ने काम भइरहेको पाइएको हो ।
यो योजनाको प्रकार बन्दमुखी योजना हो ।
क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिशत २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । तर, अहिलेकै नेतृत्वबाट यो सम्भव नभएको जानकारहरुको दाबी छ । नेपाली सेयर बजारमा विवादित छविका मनदीप लुइटेल यो कम्पनीका सीइओका रुपमा कार्यरत छन् ।