×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘असार लागेपछि नेपालमा मल र मन्त्री हराउने स्थिति छ’- गोकुल बास्कोटा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘असार लागेपछि नेपालमा मल र मन्त्री हराउने स्थिति छ’- गोकुल बास्कोटा

Artha Sarokar

२३ असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति नेपालमा हुने गरेको बताएका हुन् ।

‘कृषिमन्त्रीज्यू रन्किनुहोला, म यहीँ छु भनेर । यहाँ एउटा अभिशप्‍त इतिहास र नियति दोहोरिन्छ । असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति हुन्छ ।’, उनले भने, ‘भूकम्पबाट राहत बाँड्याजस्तो १० केजी राहत बाँडेर कृषिको उत्पादन वृद्धि कसरी हुन्छ ? तत्काल मलको प्रबन्ध गरियोस् ।’

त्यस्तै, उनले तत्काल मलको प्रबन्ध गर्न समेत आग्रह गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी