×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रसुवामा बाढीः १८ जना बेपत्ता, उद्धारमा खटिएका प्रहरी पनि हराए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रसुवामा बाढीः १८ जना बेपत्ता, उद्धारमा खटिएका प्रहरी पनि हराए

Artha Sarokar

२४ असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रसुवामा आएको भीषण बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएराति आएको बाढीमा परेर हालसम्म प्रहरी र कामदार गरी कुल १८ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा तीन जना प्रहरी, ९ जना नेपाली कामदार र ६ जना चिनियाँ कामदार रहेका छन् । 

बेपत्ता भएका तीन जना प्रहरी उद्धारमा खटिएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् । 

अचानक आएको बाढीमा फसेका ९ जनाको भने उद्धार गरिएको छ । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । हाल उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र स्थानीयहरु खटिएका छन् । बाढीकै कारण विभिन्न आयोजनाहरुमा क्षति पुग्दा कुल २०० मेगावाट बिजुली उत्पादन बन्द भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी