×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोवर मिड रावा खोला हाइड्रोपावर आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लोवर मिड रावा खोला हाइड्रोपावर आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

Artha Sarokar

२४ असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लोवर मिड रावा खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १० करोड रुपैयाँ बराबरले हुन आउने १० लाख कित्ता सेयर निष्काशन गर्ने तयारी गरेको हो ।

खोटाङ्ग जिल्लामा निर्माणधीन ४ मेगावाट क्षमताको हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्नका लागि असार २३ गते आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता गरेको छ ।

सम्झौतापत्रमा हाईड्रोपावर प्रोजेक्टको तर्फबाट कार्यकारी अध्यक्ष शम्भु प्रसाद घिमिरे र मर्चेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी