Skip to content
LAXMI SUNRISE BANK

नेप्से ०.१४ अंकले घट्यो, ६ अर्बमाथिको सेयर कारोबार

अर्थ सरोकार

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर खरिद बिक्री हुँदा रू ६ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबारको बजारमा बुटवल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK