×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कम्पनी रजिस्ट्रारको कार्यालयको सर्भर एक सातादेखि ‘डाउन’ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कम्पनी रजिस्ट्रारको कार्यालयको सर्भर एक सातादेखि ‘डाउन’ !

Artha Sarokar

२५ असार २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयको सर्भर एक सातादेखि ‘डाउन’ भएको पाइएको छ । कार्यालयले अनलाइन प्रणालीमा नयाँ सफ्टवेयर सुरु गरेदेखि नै समस्या आउन थालेको हो ।

अनलाइन प्रणालीमै समस्या आएपछि हाल कार्यालयमार्फत दिइने सेवाहरु प्रभावित भएका छन् । सेवा प्रभावित भएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् ।

आर्थिक वर्षको अन्त्यमा सर्भर डाउन हुँदा समस्यामा परेको सेवाग्राहीहरुले बताएका छन् । कार्यालयको सिस्टममा समस्या अझैसम्म पनि यथावत् रहेको कार्यालयकै अधिकारीहरुले बताएका छन् ।

हाल कार्यालयको प्रणालीमा देखिएको समस्या समाधानका लागि प्रयास भइरहेको बताइए पनि समस्या भने समाधान भएको छैन ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी