काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीया सजु श्रेष्ठ र ३० वर्षीय नारायण लाम्ताङ्गे रहेका छन् ।
पीडितले दिएको उजुरीका आधारमा उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकी श्रेष्ठले आकर्षक तलबमा सर्बिया पठाउने भन्दै पीडितबाट २० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिइन् । त्यस्तै, लाम्ताङ्गेले ग्रिस पठाउने भन्दै १६ लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
पछिल्लो समय राम्रो देश, आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्नेहरु बढेका छन् भने सोहि प्रलोभनमा फसेर ठगिनेहरु समेत बढेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्