काठमाडौँ । पछिल्लो समय सिटिजन्स बैंकले सीएसआरका काममा सकारात्मक कदमसहित अगाडी बढेको छ । सिटिजन्सले गरेका विभिन्न कामले अहिले दुखी गरिवहरुले सहयोग पाउँदै आएका छन् ।
श्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग
यसै क्रममा बैंकले अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्रस्टमा अशक्त तथा पीडित व्यक्तिहरूलाई स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवाहरु प्रदान गरेर सहयोग गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । यात्रीलाई नि:शुल्क भोजन सेवा गराउने, धार्मिक सम्पदाहरूको संरक्षण, मर्मत तथा व्यवस्थापनमा सक्रिय योगदान, नारीशक्ति सशक्तीकरणका लागि शिक्षाको व्यवस्था सहित कन्या गुरुकुल सञ्चालन, गाई संरक्षण, पालनपोषण तथा व्यवस्थापनमार्फत धार्मिक एवं जैविक परम्पराको संरक्षण र यात्रुहरूको लागि विश्राम तथा आवासको व्यवस्था सहित सुविधा सम्पन्न धर्मशाला संचालन गरिरहेको ट्रस्टलाई बैंकले सहयोग उपलब्ध गराएको छ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सेवा भावमा समर्पित ट्रस्टलाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको बताएका छन्।
सिटिजन्स बैंकद्वारा शवदाह गृह निर्माणका लागि आर्थिक सहयोग
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ लाई शवदाह गृह निर्माणका लागि सहयोग प्रदान गरेको छ । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन यस शवदाह गृहले स्थानीय बासिन्दालाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ र वातावरणमैत्री विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ । संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरे। समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सामाजिक कार्यको लागि सहयोग गर्न पाउँदा खुशी महशुस भएको बताए । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।
सिटिजन्स बैंकद्वारा दृष्टि फाउण्डेसन नेपाललाई सहयोग
सिटिजन्स बैंक इन्टरनेसनलले दृष्टि फाउण्डेसन नेपाललाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखि निरन्तर रुपमा मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको लागी काम गर्दै आएको सुदूरपश्चिम प्रदेशको धनगढी अवस्थित दृष्टि फाउण्डेसनलाई सहयोग गरेको हो । विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ६५ जना महिला र उनका बालबालीकालाई सहयोग गरिरहेकोे सो संस्थालाई बैंकले करिब २ महिनासम्म लाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको छ । संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप महिलाहरू र उनका बालबालिकाहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी महसुसस भएको बताए । संस्था तथा त्यहाँ रहेका बालबालिकाको प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरुले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको हेरचाहको लागि समाजमा उदाहरण बसाइरहेको उल्लेख गरे । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।
सिटिजन्स बैंकद्वारा संकट मोचन देवसरन रामरती माविलाई पंखा वितरण
सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेश धनुषा जिल्लाको जनकपुरधाम गाउँपालिका ४ अवस्थित संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखाहरु सहयोग प्रदान गरेको छ ।
यस विद्यालयमा करिब १००० बालबालिकाहरु अध्ययन गर्दै आइरहेका छन् र अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहजता होस् भन्ने हेतुले बैंकले सो सहयोग प्रदान गरेको जनाएको छ ।
विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप पंखाहरु हस्तान्तरण गरे ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो सहयोगले विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको उनको भनाइ छ ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
सिटिजन्स बैंकद्वारा रक्षा नेपाललाई सहयोग प्रदान
सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यौन शोषणमा परेका बालिका र महिला, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाको लागि प्रशंसनिय कार्य गर्दै आएको संस्था रक्षा नेपाललाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र स्यानिटरी प्याड सहयोग प्रदान गरेको छ । दुई दशकदेखि विभिन्न हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र पुर्नस्थापनामा लागिपरेको संस्था रक्षा नेपालले उनीहरूलाई सीप, शिक्षा, काउन्सेलिङ, कानूनी सहयोग, आत्मरक्षा र आत्मजागरूकता मार्फत आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ ।
बैंकले एक समारोहका बीच रक्षा नेपाललाई सामाग्रीहरु हस्तान्तरण गरेको हो । बैंकको यो सहयोगप्रति धन्यबाद ज्ञापन गर्दै उनीहरुले आगामी दिनमा पनि महिला र बालबालिकाको अधिकारको लागि कार्यहरु गर्दै जान हौसला मिलेको बताए । समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाँउदा संस्थाको संचालनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।