×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विकास समयको माग हो, कसैले रोकेर रोकिँदैन’- उर्जामन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘विकास समयको माग हो, कसैले रोकेर रोकिँदैन’- उर्जामन्त्री

Artha Sarokar

३१ असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विकास समयको माग भएको र कसैले रोकेर नरोकिने बताएका छन् । इप्पानको २३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

‘हामी बेरोजगारीका कुरा गरिरहेका छौँ । २८ हजार ५ सयको रोडम्यापलाई पछ्याउने हो भने पनि लाखौँ मान्छेले यहीँ रोजगारी पाउँछन् ।’, उनले भने, ‘विकास समयको माग हो ।’

त्यस्तै, उनले उर्जा सम्बन्धी विधेयक ल्याउँदैमा नआत्तिन पनि आग्रह गरेका छन् । ऐन ल्याउनै नहुने भन्नु गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने खड्काको भनाई छ । 

मुलुकको हित अनुकुल कानून निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानून निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको पनि उर्जा मन्त्रीले बताएका छन् । बरु उद्देश्यका साथ उर्जा क्षेत्रको विकासमा लाग्नुपर्नेमा उनले जोड दिएका छन् । यता आरसिओडीको समस्या रहेको भने स्वीकार गर्दै त्यसका लागि कमिटी नै गठन गरेर आरसिओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निष्कर्ष निकालेको पनि खड्काले बताएका छन् । । 

त्यस्तै, मन्त्री खड्काले उर्जा आयोजनाहरुको आइपिओ रोक्न कुनै आवश्यक नरहेको भन्दै संवादमार्फत समाधान गर्न सकिने बताएका छन् । उर्जा क्षेत्रको विकासका लागि सरकार खुला रहेको पनि मन्त्री खड्काले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी