काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । घुस खाएको आरोप लागेका मन्त्री गुप्ताले असार ३१ गते पदबाट राजिनामा दिएका हुन् ।
केहि दिन अघि उनले घुस खाएको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भएपछि विपक्षी दलहरुले उनको राजीनामा माग गर्नुका साथै कारबाही गर्न समेत माग गरेका थिए ।
अडियो रेकर्डमा मन्त्री गुप्ताले कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तीबारे र पोखराको जग्गाबारे कुराकानी गरेको देखिएको छ ।