×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक सबै सूचकमा अब्बल, ‘बिपिए अवार्ड २०२४’ बाट पनि सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कामना सेवा विकास बैंक सबै सूचकमा अब्बल, ‘बिपिए अवार्ड २०२४’ बाट पनि सम्मानित

Artha Sarokar

४ श्रावण २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कामना सेवा विकास बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९.१९ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै बढेपछि बैंकको खुद नाफा पनि बढेको हो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशतले बढेको छ भने बैंकको खुद फि तथा कमिसन आम्दानी १५.०४ प्रतिशतले बढेको छ । त्यस्तै, कुल सञ्चालन खर्च ४.१९ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा १.९७ प्रतिशतले बढेको छ । 

त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमाससम्म पुग्दा बैंकको कुल वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ छ । 

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको ईपीएस ३७ पैसाले बढेर १८ रुपैयाँ १० पैसा पुुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६९ गुणा रहेको छ । ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ । 

बिपिए अवार्डबाट सम्मानित 
यता अन्य विकास बैंकको तुलनामा वित्तीय अवस्था अब्बल रहेको कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड (बिपिए अवार्ड) २०२४ बाट समेत सम्मानित भएको छ । बैंकलाई नेपाल चाटर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)ले वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्ड प्रदान गरेको हो । 

आर्थिक वर्ष २०२३/२४ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहितासुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको आईक्यानले जनाएको छ । काठमाडौँको होटल र्याडिसनमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई सो अवार्ड हस्तान्तरण गरेका थिए । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी