काठमाडौँ । बोलबम यात्रा साउनको पहिलो सोमबार अर्थात् आजबाट सुरु भएको छ ।
साउन महिनामा हिन्दू धर्मावलम्बीले शिवको पूजाआराधना र महिमा गाउँदछन् । शिव मन्दिरनजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन रहेको छ । बोलबम यात्रीले गेरुवस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिव लिंगमा चढाउने गर्छन् । नेपाल र भारतका शिवालयहरूमा साउन महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन् ।
‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) हो । काठमाडौंमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरु पनि सहभागी हुने क्रम बढेको छ । तस्विरमा हेर्नुहोस् सुन्दरीजलमा जल लिन गएका तिर्थालुहरु: