काठमाडौँ । जब हामी आजको एलन मस्कको कुरा गर्छौँ हाम्रा दिमागमा अरबौं डलरको सम्पत्ति टेस्लाका गाडी र स्पेस एक्सका रकेट आउँछन् । तर यो चम्किलो सफलता पछाडि लुकेको छ एउटा व्यक्तिको जीबन भारको मिहीनेतको परिबेशबाट सुरु भएको यात्रा ।
विश्वभरि टेक्नोलोजी, नवप्रवर्तन र अन्तरिक्ष विज्ञानका क्षेत्रमा क्रान्ति ल्याउने व्यक्तिको नाम लिनुपर्दा पहिलो नाम आउँछ एलन मस्क, टेस्ला, स्पेसएक्स, न्यूरालिंक, ओपनएआईदेखि ट्विटर (हाल एक्स) सम्मका संस्थापक वा सहसंस्थापक उनी हुन्, जसले २१औँ शताब्दीको विश्व चिन्तनलाई रूपान्तरण गर्ने साहस गरेका छन् । तर, मस्क केवल एक व्यापारी रहेनन्, उनी एक दृष्टिवान अगुवा समाजप्रति उत्तरदायी उद्यमी, र राजनीतिक चेतनाले भरिएको नागरिक पनि हुन भनि देखापरी सकेका छन् । उनीभित्र एउटा आगो रहेछ-सपना देख्ने, त्यो सपना पछ्याउने र संसार बदल्ने । धनसम्पत्तिमा विश्वकै अगाडि रहेपनि उनी निरन्तर राजनीतिक प्रणाली सुधार, स्वतन्त्रता र उत्तरदायित्वको पक्षमा आवाज उठाइरहेका छन् ।
म ३० वर्षको भएँ, एउटा यस्तो उमेर जहाँ मानिसले बाल्यकालको जोश गुमाइसकेको हुन्छ, तर जीवनको बाटो अझै निर्माण भइरहेको हुन्छ । यहीँ बेलामा म एलन मस्क भन्ने नामसँग लगातार प्रभावित हुँदै गएको छु ।
कारण ? -उनी केवल धनी भएर मात्र होइन, उनी धनी भएर पनि के कसरी सोच्दा र उत्तरदायी बन्न सकिन्छ भन्ने जिउँदो उदाहरण भएकाले ।
नेपालको राजनीति यतिबेला परिवर्तनभन्दा बढी अन्योलको भूमरीमा परेको छ । राजनीतिक नेताहरूको अनुशासनहीनता, वाचा विपरितको आचरण, भ्रष्टाचार, नियुक्ति काण्ड, न्यायपालिकामाथिको हस्तक्षेप, यी सबै घटनाले आम नागरिकमा, विशेष गरी युवामा राजनीतिक वितृष्णा बढाएको छ। ‘राजनीति फोहोर छ, हामीसँग केही गर्न सकिने हैसियत छैन’ भन्ने विचार दिनानुदिन गहिरिँदै गएको छ । तर यत्तिकैमा एलन मस्क जस्ता व्यक्ति हामीलाई अर्को बाटो देखाउँछन्- पैसा कमाएर चुपचाप हेर्ने होइन, बरु त्यो पैसाबाट राजनीतिक प्रणाली नै सुधार गर्नु पर्दछ भन्ने सोच राख्नु पर्दछ ।
नेपालमा राजनीति किन बिग्रिएको देखिन्छ?
बाहिर स्वच्छ देखिए पनि भित्र गन्ध आउने व्यवस्था बनिसकेको छ । लोकतन्त्रको नाममा अवसरवाद मौलाइरहेको छ । सरकार बनाउनेभन्दा गिराउने खेल चलिरहेको छ ।
सार्वजनिक सम्पत्ति दोहन, कर छली, कमिसनको लेनदेन सामान्य भइसकेको छ । यस्ता विकृति हेर्दा युवा पुस्तामा निराशा स्वाभाविक छ । तर यहीँ एलन मस्कको सोचलाई प्रतिबिम्ब बनाउँदै अब नेपाली युवाले आफैं भित्रबाट सोध्नुपर्ने बेला आएको छ। ‘राजनीति सफा किन गर्न सकिन्न? पैसा भएर पनि सत्यका पक्षमा उभिन किन सकिन्न?’ यस्ता विकृति हेर्दा युवा पुस्तामा निराशा स्वाभाविक छ ।
पैसा हुँदापनि राजनीति किन गरे होलान भन्ने लाग्छ मलाई ?
एलन मस्क केवल धनी हुनुमा मात्र गर्व गरेर वसेनन? उनको मनमा मानब प्रति उत्तरदायी हुने र समाज परिवर्तन सोचले सम्भब छ बैज्ञानिक योगदान, पैसासंगै सोचको विकास गरेका छन् । अरबौं डलरको सम्पत्ति हुँदाहुँदै पनि उनले अमेरिकाको राजनीति, नीति निर्माण र सामाजिक परिवर्तनमा प्रत्यक्ष चासो देखाइरहेका छन् । उनले राष्ट्रपति ट्रम्प र वर्तमान प्रशासनसँग असहमति जनाउँदै स्वतन्त्र आवाज उठाएका छन् ।
जीवनशैलीले यस्तो बनाउनु पर्ने रहेछः राजनीतिक प्रणालीमा सुधार ल्याउन धनी हुनु काफी छैन, इच्छाशक्ति, निडरता र देशप्रतिको प्रेम पनि हुनुपर्ने रहेछ ।
म युवाले सिक्नुपर्ने शिक्षा
१. सपना केवल सुतेर होइन, उठेर देख्ने हो भन्ने कुरा ।
-मस्कले बाल्यकालमै ‘म मंगल ग्रहमा मानव बस्ती बसाउँछु’ भनेका थिए । म सानो सपना देख्थें – जागिर, पैसा, घर । तर, एलन मस्कबाट मैले सिकें, सपना जुनसुकै असम्भव लागे पनि, त्यो सपना वास्तविकता बन्न सक्छ यदि आँट छ भने ।
२. पैसा कमाउनु महत्त्वपूर्ण हो, तर त्यो पैसा समाज सुधारमा प्रयोग गर्न सक्नुपछ भन्नेकुरा ।
-एलन मस्कले अरबौं डलर कमाए तर त्यो धन उनले स्पेसएक्स, टेस्ला, न्यूरालिंक, स्टारलिंकजस्ता परियोजनामा लगानी गरे – जुन केवल व्यापार होइन, मानवताको भविष्य निर्माण गर्ने प्रयास हो र फेरी भुइ झरी अर्थात् विकास मानब र प्रणलीलाई गर्नु पर्ने रहेछ भन्न सोचे ।
– पैसा कमाउनु पाप होइन, तर त्यो पैसा केवल आफन्त र विलासितामा खर्च गर्नु भनेको समाजप्रति अपराध हो ।
३. राजनीति सफा बनाउन पैसा होइन, सोच र साहस चाहिन्छ ।
-हामीजस्ता युवाले सोच्ने गर्छौं “राजनीति त फोहोर छ”, “म राजनीतिमा लाग्दिन ।”
-एलन मस्कले मलाई उल्टो कुरा सिकाए, उनी राजनीतिमा उम्मेदवार नबने पनि सरकारको आलोचना गर्छन्, सुधारको आवाज उठाउँछन्, स्वतन्त्रता जोगाउन जोखिम मोल्छन् । मैले बुझें – देश सुधार्न नेतै बन्नुपर्छ भन्ने होइन, देशको पक्षमा बोल्ने आँटचाहिँ हुनैपर्छ।
४. आफू केही नजानेर सुरु गर्नु समस्या होइन, नजान्ने स्वीकार्न नमान्नु समस्या हो।
-एलन मस्कले धेरै विषयमा औपचारिक शिक्षा लिएका रहेनछन – तर उनले आफूलाई दिनहुँ नयाँ कुरा सिकाएर आफूलाई संसारकै अगाडि पुर्याए । मैले सिकें – सामथ्र्य त हामी सबैसँग हुन्छ, फरक चाहीने रछ– सोच बदल्ने, सिकिरहने र कहिल्यै नहट्ने ।’
५. टेक्नोलोजी हाम्रो सपना पुरा गर्ने औजार हो।
-एलन मस्कले इलेक्ट्रिक कार, रकेट, दिमागमा चिप, पृथ्वीबाहिर इन्टरनेट जस्ता कुरा सम्भव बनाए । मैले बुझें –फेसबुकमा स्क्रोल गर्ने मात्रै होइन, अब नेपाली युवाले टेक्नोलोजी सिर्जना गर्न पनि सिक्नुपर्छ पुरानो राजनीती प्रतिस्थापन गरीहाल्नु पर्दछ ।
-ध्रब भुसालको लेख
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्