Skip to content
LAXMI SUNRISE BANK

झापामा सुनचाँदी व्यवसायीमा कोरोना संक्रमण पुष्टी, संक्रमितहरुको आइसोलेसनमा उपचार हुँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
झापा । झापामा सुनचाँदी व्यवसायीका परिवारको दुईजना महिला सदस्यमा कोरोना संक्रमण पुष्टी भएको छ। उक्त सुन चाँदी पसल रहेको रत्न सुपर मार्केट सिल गरिएको विर्तामोड नगरपालिका कार्यालयले जनाएको छ। योसँगै बिर्तामोड नगरपालिकामा कोरोना संक्रमितको संख्या १८ पुगेको छ।
झापामा आइतबार १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विर्तामोडका दुई जनासहित कमल गाउँपालिकाका ३ जना, झापा गाउँपालिकाका १ जना, गौरादह नगरपालिकाका २ जना तथा मेचीनगर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK