काठमाडौँ । काठमाडौँमा रानाथारु समुदायको ‘तीजको शुभकामना आदानप्रदान तथा झुड्की छिरान’ कार्यक्रम सम्पन्न भएको छ । आइतबार काठमाडौँको नागार्जुन कलेजमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा तीजको शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्रज्ञा परिषद् सदस्य डा. कौसिला रिसाल प्रमुख अतिथि रहेकी थिइन् । त्यस्तै, कार्यक्रममा रानाथारु समाजका केन्द्रीय कार्यसमिति अध्यक्ष कमल सि राना, नेपाल रानाथारु समाजका पूर्वमहासचिव राजकुमार राना, अनेरास्ववियुकी केन्द्रीय उपाध्यक्ष अञ्जना सिवकोटी, मगर विद्यार्थी संघका अध्यक्ष राजु पुन मगरको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अतिथिहरुले रानाथारु समुदायलाई तीजको शुभकामना दिएका थिए । त्यस्तै, उनीहरुले रानाथारु समुदायको संस्कृति, भेषभुषा मौलिक र छुट्टै भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
यसो त पर्व एउटै भए पनि रानाथारु समुदायमा तीजमा महिलाहरुले आफ्ना दाजुभाइ तथा भतिजाहरुको सुस्वास्थ्य एवम् दिर्घायुका लागि ब्रत बस्ने चलन रहँदै आएको रानाथारु युवा समाजका केन्द्रीय अध्यक्ष कमल रानाले बताए । उनले रानाथारु समुदायका लागि यो पर्वलाई पर्वका रुपमा मात्र नभए उत्सवका रुपमा मनाइँदै आएको पनि बताएका छन् । सोही अवसरमा उनले रानाथारु समुदायलाई सरकारले दिनुपर्नेजति अधिकार नदिएको भन्दै त्यसतर्फ पनि आफूहरुले संघर्ष गरिरहेको बताएका छन् ।
त्यस्तै, औपचारिक कार्यक्रमको समापनपछि बागमती नदीमा झुड्की छिरान कार्यक्रम पनि सम्पन्न गरिएको थियो । कार्यक्रममा रानाथारु समुदायका विद्यार्थी, रानाथारु युवा समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयको पनि सहभागिता रहेको थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्