×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकका ग्राहकहरुलाई स्काई वाक टावरमा २५ प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कामना सेवा विकास बैंकका ग्राहकहरुलाई स्काई वाक टावरमा २५ प्रतिशत छुट

Artha Sarokar

२१ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कामना सेवा विकास बैंकले कमलादी, काठमाडौं स्थित स्काई वाक नेपालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । स्काई वाक टावर चढ्दा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएको हो ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले स्काई वाक नेपालको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काई वाक नेपालका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी