काठमाडौँ । शिक्षकहरु फेरि आन्दोलनमा उत्रिने भएका छन् । पूर्व सहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै नेपाल शिक्षक महासंघले पुनः आन्दोलन गर्ने निर्णय गरेको हो ।
बिहीबार काठमाडौँमा बसेको महासंघको बैठकले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको छ । सरकारले सहमति अनुसार विधेयक अघि नबढाएको भन्दै आन्दोलन गर्ने निर्णय भएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन् ।
योसँगै अब आन्दोलन परिचालन समितिले आन्दोलनको खाका तयार गर्नेछ । सो खाका राष्ट्रिय समितिले पारित गर्नेछ । त्यसका लागि भदौ ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाइएको छ ।
यसो त यसअघि सरकारले असार १५ गते विद्यालय शिक्षा विधेयक टुंगोमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेपछि शिक्षक आन्दोलन स्थगित भएको थियो । तर, सहमति अनुसार विधेयक टुंगोमा नपुगेपछि शिक्षकहरु पुनः आक्रोशित बनेका छन् । उनीहरुले भदौ दोस्रो सातादेखि सशक्त आन्दोलन गर्ने घोषणा समेत गरिसकेका छन् । शिक्षा विधेयक अहिले पनि शिक्षा समितिमै छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्