Skip to content
LAXMI SUNRISE BANK

ह्वात्तै बढ्यो जनै र राखीको व्यापार… (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । जनै र राखीको व्यापार ह्वात्तै बढेको छ । साउन २४ गते शनिबार परेको जनैपुर्णिमाका लागि जनै, रक्षाबन्धन, राखी किन्नेहरु बढेसँगै व्यापार ह्वातै बढेको हो ।

काठमाडौँको असन र इन्द्रचोक क्षेत्रमा भोलि र पर्सी परेको जनैपुर्णिमा र गाईजात्राका लागि आवश्यक जनै, रक्षाबन्धन, राखी र गाईजात्राका लागि आवश्यक पर्ने सामग्री किन्नका बाक्लो उपस्थिति देखिएको छ ।

जनैपूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, पोखरीमा गई स्नान गरी जनै धारण गर्ने गर्दछन् भने गाईजात्राका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा बालबालिकालाई गाईको रुपमा सिंगार्ने गर्दछन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK