काठमाडौँ । सोचेजस्तो व्यापार नभएपछि नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले एक्स्पोको समय थप गरेको छ । साउन २१ गतेदेखि काठमाडौँको भृकुटिमण्डपमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ को समय थप गरिएको हो ।
योसँगै साउन २५ गतेसम्म मात्र चल्ने भनिएको एक्स्पो अब २६ गते (सोमबार) सम्म चल्ने भएको छ ।
यसो त एक्स्पो सुरु भएदेखि नै एक्स्पोमा सोचेजस्तो व्यापार थिएन । अवलोकनकर्ताहरु साह्रै कम आएपछि नाइमाको एक्स्पो पहिलो दिन नै ‘फ्लप’ भएको थियो । बरु बेइज्ज हुने डरले नाइमाले ‘रियल भिजिटर’को संख्या लुकाएर फेक भिजिटर संख्या प्रचार गरेको थियो ।
पहिलो दिनजस्तै अन्य दिन पनि एक्स्पोमा भिजिटरको संख्या साह्रै कम भएको एक्स्पोमा स्टल राखेका व्यवसायीहरुले बताएका छन् । हाल सोचेजस्तो व्यापार नभएपछि नाइमाले एक्स्पोको दिन थपेको छ । तर, पहिलो दिनदेखि साह्रै कम अवलोकनकर्ता भएको एक्स्पोमा जति दिन थपे पनि खासै व्यापार नहुने पक्का देखिएको व्यवसायीहरुको भनाई छ ।