काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकको नाफा घटेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १०.०३ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकले कुल १३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २५ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.३२ प्रतिशतले घटेको छ भने बैंकको खुद फि तथा कमिसन आम्दानी १ करोड ५० लाख रुपैयाँबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै बैंकको खुद सञ्चालन आम्दानी ३५ करोड ३१ लाख रुपैयाँबाट घटेर ३१ करोड २२ लाख रुपैयाँमा झरेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०.८१ प्रतिशतबाट घटेर ०.२८ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १० रुपैयाँ ७१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ११ पैसा छ । त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात ६४.२३ गुणा रहेको छ ।