×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको नाफा ७ अर्ब बढी, वितरणयोग्य नाफा ७७ करोड नाघ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नबिल बैंकको नाफा ७ अर्ब बढी, वितरणयोग्य नाफा ७७ करोड नाघ्यो

Artha Sarokar

२७ श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले चौथो त्रैमाससम्म कुल ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.०१ प्रतिशत धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद आम्दानी ०.०६ प्रतिशतले बढेको छ भने वितरणयोग्य नाफा पनि ५४.८७ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ छ भने वितरणयोग्य मुनाफा ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ छ ।

बैंकको वित्तीय विवरण अनुसार चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३१ अर्ब ९० करोड ९५ लाख १७ हजार रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी