×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको कमालको प्रगति, नाफा ९६५ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा नै एक अर्ब बढी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंकको कमालको प्रगति, नाफा ९६५ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा नै एक अर्ब बढी !

Artha Sarokar

२८ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रभु बैंकको नाफा ह्वात्तै बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९६५.४१ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले कुल ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । 

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ५१ करोड ८ लाख रुपैयाँ मात्र थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी १५.८१ प्रतिशतले बढेर २ अर्ब २१ करोड २६ लाख ३३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २७.२७ प्रतिशतले घटेको भने सञ्चालन आम्दानी ६०.८२ प्रतिशतले बढेर ६ अर्ब २८ करोड २७ लाख ६१ हजार रुपैयाँ पुगेको छ । 

यस अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको ईपीएस २० रुपैयाँ ९५ पैसाले बढेर २३ रुपैयाँ १३ पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ९.६ गुणा छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी