×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सागर डिष्टिलरीको आईपीओ खुल्यो, कसरी दिने आवेदन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सागर डिष्टिलरीको आईपीओ खुल्यो, कसरी दिने आवेदन ?

Artha Sarokar

२८ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीलाई धितोपत्र बोर्डले जारी पुँजी (७२ करोड ६० लाख रुपैयाँ)को २० प्रतिशत अर्थात १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।

त्यसमध्येको १० प्रतिशत अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४५ हजार २ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सार्वजनिक गर्न लागेको छ । उक्त आईपीओमा छिटोमा भदौ १ गते र ढिलोमा ११ गतेसम्म आवेदन दिन सकिनेछ । 

आवेदन न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि-आस्बा प्रणालीमार्फत आईपीओ दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासनका तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘आईआरएन सिंगल बी प्लस इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पूर्ण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी