काठमाडौँ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकको खुद नाफा १.०९ प्रतिशतले बढेको छ । बैंकले असार मसान्तसम्म ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशतले घटेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी २०.१२ प्रतिशतले बढेर ३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २.७५ प्रतिशतले घटेको छ ।
बैंकले प्रकाशित गरेको विववरण अनुसार समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६.२८ रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो आम्दानी १६.९९ रुपैयाँ थियो ।
बैंकको प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.९५ गुणा छ । ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा २४ अर्ब २१ करोड लाख ५ हजार हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म ४.१७ प्रतिशत थियो भने हाल बढेर ४.८७ प्रतिशत पुगेको छ ।