Skip to content
LAXMI SUNRISE BANK

नापी कार्यालयका प्रमुखमाथि दुर्व्यवहार, नेकपा बहुमतका सेक्रेटरी पक्राउ

अर्थ सरोकार

काठमाडौँ । नेकपा (बहुमत)का जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर-१० बस्ने नेकपा (बहुमत)का सेक्रेटरी ध्रुब खड्कालाई पक्राउ गरेको हो । 

उनलाई चितवनको खैरहनीस्थित नापी कार्यालयका प्रमुख शालिग्राम लम्साललाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार लम्साललाई मंगलबार दिउँसो दुर्व्यवहार गरिएको थियो । नापी कार्यालयका प्रमुखलाई दुई जनाले गरेको दुर्व्यवहारको उक्त घटनामा नेकपा (बहुमत)ले जिम्मेवारी लिएको थियो । 

त्यस लगत्तै प्रहरीले सेक्रेटरी खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले ९ थान पर्चा पनि बरामद गरेको छ । नेकपा (बहुमत)ले नापी कार्यालयका प्रमुख लम्सालले भूमाफियासँग मिलेर मापदण्ड विपरीत कित्ताकाट गरेको र मोटो रकम घुस लिएको आरोप लगाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK