काठमाडौँ । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कुल ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा २०५.८५ प्रतिशत धेरै हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
वित्तीय विवरण अनुसार कम्पनीको बिक्री आम्दानी ०.७८ प्रतिशत मात्र बढेको छ । तर, समीक्षा अवधिमा बिक्री खर्च घटेपछि कुल नाफा भने ६६.३० प्रतिशतले बढेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ३०.७८ प्रतिशत घटेको छ भने कुल खर्च १.६६ प्रतिशत घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य बढेको छ । यस अधिमा कम्पनीको ईपीएस ९ रुपैयाँ ३९ पैसा बढेर १४ रुपैयाँ ५५ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५७ पैसा रहेको छ । ५ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ८३ करोड रुपैयाँ सञ्चित छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्