Skip to content
LAXMI SUNRISE BANK

ओमानमा सेयर बजार सम्बन्धी अन्तरक्रिया हुँदै

अर्थ सरोकार

काठमाडौँ । ओमानमा सेयर बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने भएको छ । यही अगस्ट १७ अर्थात् आज आइतबार ओमानमा सेयर बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने भएको हो । 

बेलुकी ७ बजे म:म किङ्ग, शिव, सिटी सेन्टर मस्कट नजिकै सेयर गुरु सुवास चन्द्र भट्टराईले तालिम दिने कार्यक्रम तय गरिएको छ । 

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि खगेन्द्र रिजाललाई ९६४२४६८७ मा सम्पर्क गर्न सकिने छ ।

विदेशमा रहेका नेपालीलाई सेयर बजारबारे ज्ञान प्रदान गर्न भट्टराई साउन २१ गते विदेश गएका हुन् । उनले कतारमा रहेका नेपालीलाई सेयर तालिम प्रदान गरिसकेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK