Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ प्रणालीबाट फेरि ६० अर्ब तान्दै नेपाल राष्ट्र बैंक

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरि ६० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ६० अर्ब रुपैयाँ तान्न लागेको हो ।

त्यसका लागि आज (आइतबार) दिउँसो ३ बजे बोलकबोल हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोलमा भाग लिन सक्नेछन् । बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यो निक्षेप संकलन उपकरणको म्याद ३१ दिनको हुनेछ । यसको साँवा र ब्याज असोज १ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK